जसपा भन्छ- संसद अझै जीवित छ , राष्ट्रपति र प्रधानमन्त्रीबिरूद्व कडा आन्दोलनकाे घोषणा

khabarwave
७ पुष २०७७

काठमाडौं । जनता समाजवादी पार्टीकाे मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

बैठकले  पुस ८ देखि १२ गतेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।आन्दोलनकाे कार्यक्रममा पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय भएको जसपाले जनाएकाे छ ।जसपाले संसद अझै जीवित रहेको निश्कर्ष निकाल्दै अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।No photo description available.

 

Loading spinner