जसपाकाे प्रतिनिधिसभा विघटन बिरूद्व दुई हप्ते कडा आन्दोलन, प्रमुख बक्ताहरू ताेकिए

khabarwave
१४ पुष २०७७

काठमाडौं ।  जनता समाजवादी पार्टीले  प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन फर्काएको भन्दै दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।  जसपाले ७ माघमा ७७ वटै जिल्ला सदरमुकाम लगायत प्रमुख शहरमा जनप्रदर्शन तथा विरोध कार्यक्रम गर्न लागेको हाे । जसपाले २१ पुसदेखि ७ माघसम्म देशव्यापी प्रदर्शन गर्न लागेको हो ।

२५ पुसमा धनगढीमा पूर्वप्रधानमन्त्री समेत रहेका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता लक्ष्मणलाल कर्णले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । २५ पुसमानै धनगढीमा नवराज सुवेदी, दुर्गा सोव र गोविन्द चौधरी र भैरहवामा जसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरू महेन्द्रराय यादव र सर्वेन्द्रनाथ शुक्लले सम्बोधन गर्ने भएका छन् ।

२७ पुसमा वीरगञ्जमा उपेन्द्र यादव, लालबाबु राउत, वृषेशचन्द्र लाल, नेपालगञ्जमा मो. इस्तियाक राई, महेन्द्रराय यादव, अमृता अग्रहरी र जनकपुमा जसपा वरिष्ठ नेता राजेन्द्र महतो, रेणुकुमारी यादव र शरतसिंह भण्डारी वक्ता रहेका छन् ।

त्यस्तै, २९ पुसमा पोखरामा डा. भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठ शरतसिंह भण्डारी, सुर्खेतमा मो. इस्तियाक राई, नवराज सुवेदी, जितेन्द्र सोनल र विर्तामोडमा रकम चेम्जोङ, हेमराज राई, डम्बर खतिवडा र मनिष सुमनले सम्बोधन गर्ने कार्यक्रम छ ।

३ माघमा धरानमा अशोक राई, रकम चेम्जोङ, परशुराम खापुङ, युवराज कार्की, मलंगवामा राजेन्द्र महतो, महेन्द्रराय यादव, उमाकान्त झा, सिराहामा रेणुकुमारी यादव, अनिल झा, विजय यादव, राजकिशोर यादव, कलैयामा रामसहाय यादव, जितेन्द्र सोनल, प्रकाश अधिकारी, चन्दा चौधरी र तौलिहवामा शरत्सिंह भण्डारी, मृगेन्द्रसिंह यादव र एकवाल अहमद शाह वक्ता ताेकिएका छन् ।

 

Loading spinner