जवान कुट्ने तीन सहसेनानीमाथि छानविन शुरु

khabarwave
११ आश्विन २०७७

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन कंगोमा खटिएका नेपाली सेनाका एक सिपाहीमाथि तीन जना अधिकृतबाट भएको भनिएको कुटपिटबारे सेनाले छानबिन थालेको छ । कंगोस्थित नेपाली सेनाको ब्यारेकमा ८ असोजमा सेनाका सिपाही नवराज माझीलाई मरणासन्न हुने गरी कुटपिट भएको थियो । घटनामा संलग्न भएको भनिएका सहसेनानी त्रय सुवास हुमागाईँ, योगेन्द्र धिताल र इन्द्र थापामाथि छानबिन थालिएको हो ।
सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार कंगोमा तैनाथ गणको जवान लाइनमा सैनिक आचरण र मर्यादा विपरीत भएको घटनामा संलग्न सबै जवान र अधिकृतमाथि नियमानुसार ज्येष्ठ सेनानीको नेतृत्वमा छानबिन प्रक्रिया कोर्ट मार्सल सुरु गरिएको छ । कंगोमा एउटा गण, एक इन्जिनियरिङ कम्पनी, १२ जना स्टाफ अफिसर र ११ जना सैनिक पर्यवेक्षक गरी सेनाका आठ सय ९८ जना कार्यरत छन् ।

Loading spinner