जल तथा मौसम विज्ञान विभागले भन्याे- आज देशभर बदली र हिमपातको सम्भावना
काठमाण्डाै । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजआंशिकदेखि सामान्य बदली रहने केहि स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान जारी गरको छ ।महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।
महाशाखाले हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भूभागहरु र प्रदेश न २ मा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको जनाएको छ ।यसैगरी, दिउँसो प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, राति प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरू र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागहरूमा आँशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
यता, सुदुर पश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।