जन्ती बोकेको जिप दुर्घटना,१३ घाइते

khabarwave
१८ मंसिर २०७७

काठमाण्डाै ।  कैलालीकाे  गोदावरी नगरपालिका वडा नम्बर ४ गाईमारास्थित भीमदत्त राजमार्गमा बैतडीबाट जन्ती बोकेर बेलौरी कञ्चनपुरतर्फ आइरहेको सु.प.प्र ०१००१ ज.१२५४ नम्बरको जिप गएराति दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका हुन्।जिप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा बेहुला कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का २१ वर्षिय गोबिन्द लुहार, बेहुली दोगडा केदार नगरपालिका वडा नम्बर ६ की २० वर्षिया डम्मरा लुहार घाइते भएका हुन ।

जिप चालक पुनरवास नगरपालिका वडा नम्बर २ का ३० वर्षिय वीरबहादुर सार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
अरु घाइते हुनेमा कंचनपुरकै बेहुला पट्टीका पुनरवास नगरपालिका ३ का २१ वर्षिय राजु पार्की, कृष्णपुर नगरपालिका ३ का २६ वर्षिय गोरे लुहार, बेलौरी नगरपालिका ३ का प्रदीप चौधरीलगायतका छन्। घाइते १२ जनाको अतरियास्थित पदम अस्पताल उपचार भइरहेको छ। गम्भीर घाइते रहेका चालकको धनगढीको मायामेट्रो अस्पतालमा उपचार गरिएको छ।

 

Loading spinner