जनता समाजवादी पार्टीको केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक (को- को बने केन्द्रीय सदस्य सूचिसहित)

khabarwave
६ कार्तिक २०७७

काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय राजधानी काठमाडौंमा सम्पन्न कार्यकारिणी समितिको बैठकले ७२८ केन्द्रीय सदस्यहरुको नामाबालीलाई अन्तिम रुप दिएको छ ।

जसपाको विधानअनुसार केन्द्रीय समिति ७७९ बनाउने निर्णय पनि सम्पन्न बैठकले गरेको छ । ५ वटा केन्द्रीय निकाय र २९ वटा विभागका प्रमुखहरुको मनोनय पनि कार्यकारिणी समितिको बैठकले गरेको थियो । कात्तिक ३ र ४ गते सम्पन्न बैठकले गरेको निर्णयअनुसार डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाइएको छ ।

पार्टीद्वारा सार्वजनिक गरिएको नामाबलीअनुसार भट्टराईलाई पहिलो बरियतामा राखिएको छ । यद्यपि पार्टी नेताहरुले उनको वरियता टुंगो नलागेको बताएका छन् । डा. भट्टराईको मुनि १ नम्बरमा महन्थ ठाकुर केन्द्रीय कार्यकारिणी समितिको अध्यक्ष र २ नम्बरमा उपेन्द्र यादव पनि संघीय कार्यकारिणी समितिको अध्यक्षका रुपमा राखिएको छ ।

यस्तै वरिष्ठ नेताका रुपमा अशोक राई र राजेन्द्र महतोले स्थान पाएका छन् । ४६ सदस्यीय कार्यकारिणी समितिमा सरदसिंह भण्डारी अनिलकुमार झा, महेन्द्र राय यादव, सर्वेन्द्रनाथ शुक्ला, वृजेशचन्द्र लाल, उमाकान्त झा, चन्दा चौधरी लगायतका रहेका छन् । त्यस्तै ७२८ केन्द्रीय सदस्यहरुमा अनिलकुमार सिंह, गोविन्द चौधरी, केशव झा, अजय झा, अजय गुप्ता इन्द्रा झालगायतका छन् । राति अबेर सार्वजनिक गरिएको कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको नामाबली निम्नअनुसार छ ।

Loading spinner