
जसपाकाे ५ बटा केन्द्रिय निकाय र २९ वटा विभागहरुमा काे-काे ? डा. भट्टराई संघीय परिषद्को अध्यक्ष बनेपनि बरियता अन्याेलमै
काठमाण्डाै । जनता समाजवादी पार्टीको कार्यकारी समितिको बैठकले संघीय पार्टीको संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई मनाेनयन गर्ने निर्णय गरेको छ । मंगलबार सम्पन्न पार्टीको बैठकले उक्त निर्णय गरेको हो । पार्टीको केन्द्रीय अध्यक्ष महन्त ठाकुर र उपेन्द्र यादव लाइ कायम राख्दै केन्द्रीय केन्द्रिय निकायहरु हेर्नेगरी भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाइएको बताइएको छ
पार्टी स्रोतका अनुसार ५ बटा केन्द्रिय निकायको प्रमुख चयन गरिएको छ । जसमा केन्द्रिय सल्लाकार समिति प्रमुखमा भीम प्रसाद गाैतम, क विज्ञ परिषदको प्रमुखमा पुस्पराज राजकर्णिकार, अनुशासन आयाेग प्रमुखमा लक्ष्मणलाल कर्ण, निर्वाचन आयोग प्रमुखमा अनिलकुमार झा र लेखापरिक्षण आयोग प्रमुखमा अमरेशनारायण झालाइ नियुक्ति गर्ने निर्णय भएको बताइएको छ ।
२९ वटा केन्द्रीय विभागहरुकाे पनि प्रमुखहरु बनाइएकाे छ । जसमा नीति योजना तथा कार्यकता विभागको प्रमुखमा शरतसिंह भण्डारी,अनुशासन अभिलेख तथा अन्तरप्रदेश समन्य प्रमुखमा रामसहाय प्रसाद यादब , सुरक्षा विभाग प्रमुखमा सुनिल राेहित , स्थानीय तह परिचालन विभाग प्रमुखमा महेन्द्र राय यादव ,राज्य व्यवस्था प्रमुखमा राजकिशोर यादव, आर्थिक व्यवस्था प्रमुखमा उमाकान्त झा ,संघीय मामिला विभाग प्रमुखमा बृषेशचन्द्र लाल, अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध प्रमुखमा रकम चेम्जोङ, पार्टी स्कूल तथा प्रशिक्षण विभाग प्रमुखमा हेमराज राई, सूचना तथा सूचना सञ्चार विभाग प्रमुखमा डम्मर डमरु बल्लभ खतिवडा, सहिद तथा द्वन्द्व व्यवस्थापन प्रमुखमा चन्दा चाैधरी,समाबेशी बिभाग प्रमुखमा हिसिला यमि लगायतलाइ मनाेनयन गरिएकाे छ । पार्टीको ३ र ४गते काठमाडौंमा बसेको बैठकले गरेको निर्णयलाई बुधबार दिउँसाे सार्वजनिक गर्ने तयारी भएकाे पार्टीका नेता केशव झाले जानकारी दिनुभएकाे छ ।