जटिल अवस्थाका २६० जना संक्रमित आइसियु र भेन्टिलेटरमा (कुन प्रदेशमा कति ?)

khabarwave
१० आश्विन २०७७

काठमाडौं । कोरोना संक्रमणको जटिल अवस्थामा देशभर हाल २ सय ६० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

गत २४ घण्टामा भेटिएका १ हजार २ सय ७ संक्रमितमध्ये २ सय ६० जना संक्रमित आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २ सय ३२ जना आइसियु र २८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। सुदूरपश्चिम बाहेक अन्य ६ प्रदेशमा संक्रमितहरु आइसियु र भेन्टिलेटरमा छन्। प्रदेश १ र बागमती प्रदेशमा मात्र कोरोना संक्रमित भेन्टिलेटरमा छन्।

आइसियु र भेन्टिलेटरमा रहने कोरोना संक्रमितको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै छ। बागमती प्रदेशमा मात्र १ सय ४१ जना आइसियु र २६ जना संक्रमित अस्पतालको भेन्टिलेटरमा छन्। प्रदेश १ मा १३ जना आइसियु र २ भेन्टिलेटरमा, प्रदेश २ मा ४ आइसियुमा छन्। गण्डकीमा ६ जना आइसियु, प्रदेश ५ मा ४१ जना आइसियु, कर्णालीमा १५ जना आइसियुमा रहेको मन्त्रालयले जनाएको छ।

Loading spinner