छानविन समितिको मागप्रति काँग्रेस दृढ

khabarwave
७ जेष्ठ २०८१

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्री लामिछानेले संसदका दिएको अभिव्यक्तिलाई लिएर कांग्रेसले आपत्ति जनाएको हो। बैठकले गृहमन्त्री जस्तो महत्वपूर्ण पदमा बसेको व्यक्तिले गरेको अशिष्ट, असत्य, भ्रामक, कपोकल्पीत, गैरजिम्मेवार र हिंस्रक अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको छ। सहकारी ठगीको अपराधमा संलग्न गृहमन्त्रीले अरुलाई प्रश्न सोध्ने, विभन्न विषयमा अरुलाई देखाएर आफूमाथिको अनुसन्धान र छानविनबाट भाग्ने प्रयत्न गरेकोे बैठक ठहर गरेको प्रमुख सेचतक रमेश लेखकले जानकारी दिए। उनले गृहमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको ध्यानाकषर्ण गराउने निर्णय गरेको जानकारी दिए। बैठकले सहकारी ठगीका विषयमा गृहमन्त्री लामिछानेको संलग्ता पुष्टि हुने धेरै आधार र प्रमाण आइसकेको भन्दै छानविन समिति गठन हुनु पर्ने आफ्नो माग यथावत रहेको कांग्रेसले जनाएको छ। सहकारी ठगीका विभिन्न प्रकरणहरुमा गृहमन्त्री रवि लामिछाने माथि स्वतन्त्र र निष्पक्ष छानविनको सुनिश्चितता गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने पूर्व निर्णयमा दृढ छ, बैठक पछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ। यसैगरी बैठकले गृहमन्त्री लामिछानेले आइतबार संसदमा कांग्रेसका विभिन्न नेता लक्षित अभिव्यक्तिको छानविन, अनुसन्धान र विषय प्रमाणित गरेर देखाउन कांग्रेसले चुनौती दिएको छ।

Loading spinner