चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. झा

khabarwave
२१ भाद्र २०८०

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष झालाई रिक्त आयोगको उपाध्यक्षमा नियुक्त गरेको हाे ।

क्यान्सर रोग विशेषज्ञसमेत रहेका झा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष भइसकेका छन् । उनी १४ औँ महाधिवेशनमा मधेशी समुदायभित्र कांग्रेसको खुला केन्द्रीय सदस्यको उम्मेदवार थिए । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार उपाध्यक्षको कार्यकाल चार वर्षको हुने व्यवस्था छ ।

आयोगको उपाध्यक्ष लागि ९ जनाको आवेदन परेको थियो । आवेदन दिनेमा झासँगै, डा. पियुष दाहाल, डा.प्रमोदकुमार यादव, डा. प्रवीण मिश्र, प्रा. डा. मनेनप्रसाद गोर्खाली, डा.विधाननिधि पौडेल, प्रा.डा.श्रीकृष्ण गिरी, प्रा.डा.संगितासिंह भण्डारी र प्रा.डा.सुमनकुमार श्रेष्ठ थिए ।

Loading spinner