चरासँग हेलिकप्टर ठोक्कियाे ,आकस्मिक अवतरण

khabarwave
१४ मंसिर २०७७

काठमडौं । नुवाकोटमा बागलुङबाट काठमाडौं आउँदै गरेको कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ । बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि  नुवाकोटमा आकस्मिक अवतरण गरेको गराइएकाे छ ।चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ । उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको छ ।

हेलिकप्टरमा  सवार रहेका सबै ६ जना सकुशल रहेका छन्, एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको छ ।

 

Loading spinner