घुस लिदालिदै २ जना अख्तियारकाे नियन्त्रणमा

khabarwave
१९ कार्तिक २०७७

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित २ जनालाइ नियन्त्रणमा लिएकाे छ । यसरी  नियन्त्रणमा पर्नेहरूमा   बैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यरत हल्का सवारी चालक धन बहादुर तामाङ्ग र लेखापढी व्यवसायी रामानन्द चौधरी  रहेका छन ।

बैदेशिक रोजगार कार्यालयमा कार्यरत हल्का सवारी चालक तामाङ र लेखापढी व्यवसायी चौधरीले बैदेशिक रोजगारीको लागि श्रम स्वीकृती लिन आएका सेवाग्राहीसँग काम छिटो गरीदिने भनी घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार  टोलीले  चौधरीलाई सेवाग्राहीबाट आठ हजार घुस लिई सवारी चालक धन बहादुर तामाङलाई दिएको अवस्थामा उक्त रकमसहित  दुबै  कार्यालय परिसरबाट  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकोअख्तियारले जनाएकाे छ ।

 

Loading spinner