ग्लोबल आईएमई बैंक अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित
काठमाडौं । ग्लोबल आईएमई बैंक सञ्चालक समिति अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बैंकको आज सम्पन्न १४औँ वार्षिक साधारणसभाले ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको थियो ।
अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ-संस्थापक, रामबहादुर भण्डारी-संस्थापक, सुदर्शन कृष्ण श्रेष्ठ-सर्वसाधारण, कृष्णप्रसाद शर्मा- सर्वसाधारण र दिपक शर्मा पोखरेल-सर्वसाधारण थिए ।
नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराएका छन् ।