ग्यारेन्टीकासाथ भन्न सकिन्छ- काेराना भाईरस सत्य हो र खतरनाक छ

khabarwave
२१ भाद्र २०७७

मलाई धेरैले प्रश्न गरे यो काेराना भाईरस को हल्ला मात्र डर, त्रास,गफ़ हो कि सत्य हो । कसरी दैनिक यती धेरै संक्रमण फेला पर्दै छन म बिज्ञान को बिध्यार्थी, मेडिकल बिध्यार्थी। मैले बुझे अनुसार यो भाईरस सत्य हो । नेपालमा धेरै समय अघी पहिलो संक्रमण देखिएको थियो। एउटा मात्र संक्रमण देख्दा धेरै नेपालीले भने नेपालीहरू बलिया छन, यस्तो जाबो भाईरस ले नेपाली लाई के छोला र यहाँको धुलो धुवाले  पचाई दिन्छ,नेपालीलाई सड़कको धुवाँधुलाे  बानी छ, भाईरस त केही पनि हैन, धेरैले हाम्रो पशुपतिनाथले नेपालीहरू लाई बचाऊँछ भने, बिकसित देशमा मात्रै माहामारी हुन्छ पनी भने आदि आदि ।

तर म लगायत अरु बिज्ञान का बिध्यार्थी सबै को दिमागमा एउटै प्रश्न थियो, कसरी एक जना मात्रा पोजेटिभ भेटियो र त्यस बेला  नेपालका पर्यटन मन्त्री “नेपाल इज कोविड फ़्री ज़ोन” भन्दै भिजिट नेपाल २०२० को प्रचार प्रसारमा ब्यस्त थिए। नेपालमा विश्वका सबै ठाँऊबाट भित्रिन प्रतिबन्ध थिएन, कोविड जाँच पनी हुदैन थियो, मेरो साथीहरू यही चीन बाट भाईरस को पीक आवर मा नेपाल फर्केका थिए, उनीहरु लाई कहीपनि चेकिंग नगरी प्रबेश गर्न दिईएको थियो। अहिले पो पिसिआर चेकिंग बढेको छ, यही कारणले नेपालमा संक्रमण संख्या बढेको हुन सक्छ।

कतिपयले भन्दै छन, पाेजेटिभ देख़ायो तर मलाई गाह्रो भएको छैन, पैसा कमाऊन पोजेटिभ भने कि के हो । काेराना भयो भन्दैमा मरिहाल्ने हैन, इम्यूनिटी पावर बालियाे छ भने यो भाईरस ले कही असर गर्न सक्दैन तर तपाईले अरु इम्यूनिटी कम भएकोलाई सार्न सक्छ। त्यसैले आइसोलेसनमा बस्ने हो। मैले आफ़ैले इन्टनसिप गर्दा कोभिडका बिरामीहरुको वार्ड बसेर काम गरेको थिए, र म फूल ग्यारेन्टीकासाथ भन्न सक्छु की यो भाईरस सत्य हो र ख़तरनाक छ। यो श्वासप्रश्वासको रोग हो।

यसलाई रोक्नका लागि प्रभावकारी तरिकाहरू पत्ता लगाउनु विश्वकै चुनौती हो। धेरै भाइरसहरू एन्टिभाइरल खोपहरू मार्फत रोक्न सकिन्छ। यद्यपि सुरक्षित र प्रभावकारी खोपहरू विकास गर्न र वितरण गर्न यसले समय लिन्छ। यसको लागी खोप कुनै पनि समय चाँडै उपलब्ध हुने सम्भावना छैन। भाइरस फैलिनबाट जोगाउन उत्तम तरिका भनेको काेभिड भएका व्यक्तिहरूसँग नजिकको सम्पर्क नगर्नु र नियमित रूपमा हात धुनु हो। मास्कको प्रयोग गर्नु र सामाजिक दूरी क़ायम गर्नु हो। हात साबुन र पानीले प्रत्येक पटक कम्तिमा २० सेकेन्डहात मिचिमिचि धुनुहोस्। यो विशेष गरी सार्वजनिक स्थानहरूमा बढि ध्यान दिनु महत्तपूर्ण छ।

कोरोना भाइरस के हो ?

कोरोना भाइरस (COV)भाइरसको परिवारसँग सम्बन्धित छ जसको संक्रमणले चिसोदेखि सास फेर्न सम्म समस्या निम्त्याउन सक्छ। यो भाइरस पहिले कहिल्यै देखेको छैन। डिसेम्बरमा चीनको वुहानमा भाइरस संक्रमण सुरु भयो। डब्ल्यूएचओका अनुसार ज्वरो, खोकी, सासको दुखाइ यसका लक्षणहरू हुन्। अहिलेसम्म कुनै पनि खोप भाइरस फैलिनबाट रोक्नको लागि बनेको छैन।

यस रोगका लक्षणहरू के के हुन्
यस संक्रमणको परिणाम स्वरूप, ज्वरो, चिसो, सास लाग्ने समस्या, नाक वाहक र घाँटी दुखाइ जस्ता समस्याहरू उत्पन्न हुन्छन्। यो भाइरस व्यक्तिदेखि अर्को व्यक्तिमा फैलिन्छ। तसर्थ, यस बारेमा ठूलो ध्यान राखिएको छ। डिसेम्बरमा चीनमा पहिलो पटक यो भाइरस पत्ता लागेको थियो।

Loading spinner