ग्याँस उद्योगकाे ट्याङ्की लिकेज भएर विष्फोट ,तीन घाइते

khabarwave
२५ पुष २०७७

काठमाण्डाै । काभ्रेकाे  बनेपा  गौरीशंकर ग्याँस उद्योगमा राखिएको एक ट्याङ्की लिकेज भएर विष्फोट हुँदा तीन कामदार घाईते भएका छन् । प्रहरीले उद्योगको ग्यास भण्डारण गर्ने ट्याङ्की लिकेज भएर विष्फोट भएको जनाएको छ ।

गम्भीर घाईते भएका बनेपा १३ का ५५ वर्षे लोकबहादुर खड्काको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर लगिएको छ । अन्य दुइ घाइतेकाे शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त उद्योग बनेपा नगरपालिका वडा नं. १३ भैंसेपाटीमा रहेको थियाे ।

 

Loading spinner