
गोठी गाउँमा भीषण आगलागीः ३० घर जलेर नष्ट
काठमाण्डाै । जुम्लाको गोठी गाउँमा भीषण आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् । स्थानिय प्रशासनका अनुसार आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको र अहिलेसम्म ३० घर जलेको खबर आएको बताइएकाे छ ।आगलागी भएको जानकारी पाएलगतै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थलतर्फ गइसकेको छ ।
आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब चार घण्टा लाग्छ ।सुधारिएको चुल्होको माथिल्लो भागबाट एक घरको छानोमा रहेको घाँसमा आगो सल्किएपछि गाउँभरि फैलिएको थियो ।