
गुल्मीमा जिप दुर्घटना
काठमाण्डाै । गुल्मीको परालमीमा जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना भएकाे हाे । जिप सडकबाट करिब ८ सय फिट तल खसेको जनाइएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।