गुण्डा नाइके’ राधेलाई पक्राउलगत्तै मुद्दा दर्ताकाे तयारी

khabarwave
२३ आश्विन २०७७

काठमाण्डाै ।  धादिङबेशीबाट पक्राउ परेका राधेविरूद्ध प्रहरीले आज मुद्दा दर्ता गर्न लागेको छ।राधे उपनामले चिनिने ‘गुण्डा नाइके’ राधाकृष्ण भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सार्वजनिक शान्ति भंग गरेको आरोपमा उनीमाथि मुद्दा चलाइने छ।

सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिमाथि धम्की दिएको आरोप राधेमाथि छ।राधेको समूहले धादिङमा अवैध रूपमा बालुवा निकाल्ने गरेको थियो। जनप्रतिनिधिले बालुवा निकाल्न रोकेपछि उनले धम्की दिएको आरोप छ।जनप्रतिनिधिमाथि धम्की दिएको भन्दै राधेविरूद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेको थियो।

यसअघि गत वर्ष जेठमा पनि प्रहरीले राधेलाई पक्राउ गरेको थियो। खुँडा र चक्कु देखाउँदै स्थानीय बासिन्दालाई कुटपिट गरिरहेका बेला राधेसहित पाँच जना त्यसबेला पक्राउ परेका थिए।

 

Loading spinner