गुडिरहेको बसमा अचानाक आगलागी

khabarwave
२६ आश्विन २०७७

काठमाडौं । धादिङको थाक्रेमा गुडिरहेको एक बसमा आगो लागेको छ । बसमा यात्रुहरु नभएका कारण मानबिय क्षति भएन  । बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको बताइएकाे छ । आगोबाट बसको अगाडि र पछाडिको भाग जलेर क्षति भएकाे छ ।

सोमबार बिहान धादिङको थाक्रेमा सवा तीन बजे थाक्रे गाउँपालिका–१ ढाँडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको हो ।

हेटौंडामा सो बसलाई सामान्य मर्मत गरेर थप मर्मतका लागि काठमाडौंतर्फ ल्याउँदै गर्दा आगो लागेको जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ । तार सट भएर आगो लागेको अनुमान छ ।

बसमा यात्रुहरु थिएनन् । बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आगोबाट बसको अगाडि र पछाडिको भाग जलेको छ ।

Loading spinner