गुटकाे भेला सम्बोधन गर्न जाँदै गरेका मन्त्रीलाई रूख ढालेर अवरोध

khabarwave
१० माघ २०७७

 

 

काठमाण्डाै । युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई गृह जिल्ला सिन्धुपाल्चोक प्रवेशमा अवरोध गरिएको छ । इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाएका हुन् । कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक गएका तामाङलाई बीच बाटोमै अवरोध गरिएको हो ।र्वमाओवादी नेता तामाङ पार्टी विभाजनका क्रममा ओली समूहमा प्रवेश गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा खेलकुद मन्त्रालयले जिम्मेवारी दिएका थिए ।तामाङ ऐसेलुखर्कमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नै कार्यक्रम रहेको थियो ।

Loading spinner