गलत कार्य एवं अनियमिततालाई कारबाहीको दायरामा – प्रमुख आयुक्त

khabarwave
२८ माघ २०७७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख  आयुक्त प्रेम कुमार राईले सेवा प्रवाह गर्ने निकायका अधिकारीलाई जिम्मेवार, जबाफदेही र उत्तरदायी बनाउन आयोगले आफ्नो तर्फबाट पहल गर्ने बताएका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँ स्थापना दिवसको अवसरमा बुधवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले विकास निर्माणका कार्यका सिलसिलामा लागतमा नै अनियमितता, बोलपत्र प्रक्रियामा नै हुने मिलेमतो, गुणस्तरहीन निर्माण कार्य, काम सम्पन्न नगरी हुने भुक्तानी लागत बढाउने जस्ता अनेकन् प्रवृत्ति देखिएको  बताउदै यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न   आयोग क्रियाशील रहने बताएका छन । उनले साे अबसरमा भने-‘सर्वसाधारण जनताले पाउनु पर्ने स्वास्थ्य सेवा, कृषि तथा पशु सेवा, कृषि अनुदान र मल खाद, नागरिकता तथा राहदानी, विभिन्न प्रकारका सिफारिस, सवारी चालक अनुमति पत्र, मालपोत तथा जग्गा रजिस्ट्रेसन, श्रम स्वीकृत पत्र लगायतका क्षेत्रमा हुने अनियमितता, घुस खोरी, बिचौलिया धन्दा रोक्न सूक्ष्म निगरानी बढाउने र गलत कार्य एवं अनियमिततालाई कारबाहीको दायरामा लैजाने विषय आयोगको उच्च प्राथमिकतामा रहने छ’ प्रमुख आयुक्त राईले भने, ‘यसका लागि आयोगले द्रुत निगरानी टोली र सूक्ष्म अनुसन्धान टोली खटाउने छ ।’

 

 

Loading spinner