गण्डकी प्रदेश सरकारलाई कांग्रेसकाे साथ ? मुख्यमन्त्री तत्त्काल संकटमुक्त

khabarwave
१३ पुष २०७७

काठमाण्डाै  । गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन यथावत रहने भएपछि त्यहाँका  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे प्रदेश सरकारकाे तत्त्कालकाे संकट टरेकाे छ । ६० सदस्यीय गण्डकी प्रदेशमा १२ जना प्रचण्ड पक्षका र १ जना माधव नेपाल पक्षका सांसद छन् । अविश्वासको प्रस्ताव दर्ता गराउन एक चौथाइ सांसद संख्या चाहिन्छ । तर, जनमोर्चाको साथ पाएपछि ओली समूह नै बलियो देखिएको छ । जनमोर्चाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्माको कदमलाई विरोध गर्ने तर प्रदेश सरकारलाई समर्थन गर्ने  निर्णय गरेकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहबाट गण्डकीमा २७ जना सांसद छन् । जनमोर्चाले साथ दिँदा ओली समूहका मुख्यमन्त्री गुरुङको नेतृत्वमा ३० जना सांसद हुनेछन् । १५ जना सांसदको प्रतिनिधित्व गरेको नेपाली कांग्रेसले  अविश्वासको प्रस्तावबारे कुनै तयारी गरेकाे छैन् । गण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री सरकारको नेतृत्व गरिरहेका छन् । नेकपा विभाजन भएर गण्डकी सरकारमा पनि अविश्वासको प्रस्ताव आएमा वा अर्को समूहले साथ छाडेमा मुख्यमन्त्रीलाई विश्वासको मत जित्न गाह्रो पर्ने सबैको अनुमान थियो । तर जनमोर्चाले सरकारलाई समर्थन गर्ने भएपछि गुरुङ नेतृत्वको सरकार यथावत रहने सम्भावना देखिएको छ ।

प्रदेश १ र बागमतीमा प्रचण्ड-माधव नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याए पनि गण्डकीमा त्यस्तो नहुने अनुमान गरिएकाे छ ।

 

 

 

 

Loading spinner