गण्डकी प्रदेशमा ५५ हजार ७३७ जनाको नमुना परीक्षण,सङ्क्रमितको सङ्ख्या २ हजार ९सय पुग्याे

khabarwave
२७ भाद्र २०७७

काठमाण्डाै ।गण्डकी प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९०३ पुगेको छ । एक हजार ८४९ जना उपचारपछि निको भएर घर फर्किएका र हालसम्म २४ जनाको मृत्यु भएको छ । हाल प्रदेशमा एक हजार ३० जना सक्रिय सङ्क्रमित रहेका छन् ।अहिलेसम्म ५५ हजार ७३७ जनाको नमूना परीक्षण गरिएकामा ५२ हजार ८३४जनाको नजिता नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पोखराको फिस्टेल अस्पतालमा अर्वुदरोग तथा मिर्गौला सम्बन्धी समस्याले भर्ना भएकी पोखरा–५ निवासी ४५ वर्षीया महिलाको नमूना परीक्षण पोजिटिभ आएपछि मलामीहरू होम क्वारेन्टिनमा बसेका छन् ।

बिहीबार विहान महिलाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएकामा उनको सोही राति मृत्यु भएकोे थियो । अन्तिम संस्कारमा सहभागी आफन्त, पर्यटन व्यवसायी, सञ्चारकर्मीहरुलाई समेर्त होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।

Loading spinner