खुमलटारमा पाँच भाईले बनाए यस्ताे रणनीति,बामदेबलाई मन्त्री बनाएर गुट फुटाउने तयारी

khabarwave
२७ कार्तिक २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले भोलिको सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएका छन।नेकपा स्थायी कमिटी बैठकका पछिल्ला निर्णय कार्यान्वयन नभएपछि नेकपामा सचिवालय बैठक बोलाउन नेताहरुले जोड गर्दै आएका थिए ।

विहीबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल  निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको छलफलमा सहभागी एक नेताले बताए ।

भोलिको बैठकलाई लिएर खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । उपाध्यक्ष गौतम छलफलमा केही ढिलो पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएपछि शुक्रबार अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको छ ।

सर्वोच्च अदालतले बुधबार गरेको फैसलासँगै नेकपाका उपाध्यक्षसमेत रहेका वामदेव गौतम अब गौतमले कुन मन्त्रालय सम्हाल्लान् भन्ने चासोसमेत राजनीतिक वृत्तमा चल्न थालेको छ ।  स्रोतका अनुसार गौतमले कुन मन्त्रालयको जिम्मेवारी पाउँछन् भन्ने निश्चित नभए पनि जिम्मेवारी पाउने भने निश्चित छ । यसअघि अर्थमन्त्रालय दावी गरेका गौतमले उक्त मन्त्रालय पाउने सम्भावना तत्काललाई टरेपनि गौतमलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिन सकिने प्रधानमन्त्री निटक स्रोतको भनाइ छ ।तर, समीकरण मिलाउने क्रममा रक्षा मन्त्रालय नपाए उनलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइने प्रवल सम्भावना रहेको स्रोत बताउँछ ।

 

Loading spinner