खाद्य प्रविधि विभागको महानिर्देशकमा राय

khabarwave
२६ भाद्र २०७७

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा उपेन्द्र राय नियुक्त भएका छन् । कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले रायलाई महानिर्देशक पदमा नियुक्त गरेका हुन् । राय यसअघि विभागकै उपमहानिर्देशक पदमा कार्यरत थिए । नियुक्ति भएलगत्तै रायले बुधबार महानिर्देशकका रुपमा पदबहाली गरेका छन् ।

विभागकी महानिर्देशक मोतिना वैद्य बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवमा सरुवा भएपछि रिक्त स्थानमा रायको नियुक्ति गरिएको हो । नवनियुक्त रायले खबरवेभसँग कुरा गर्दै आफू विभागको समग्र कार्यका बारेमा जानकारी लिइरहेको सुधार र थप कार्ययोजनाका बारेमा आगामी हप्ता सञ्चारकर्मीमार्फत् जानकारी दिने बताएका छन् ।

उनले पदबहाली लगत्तै विभागका कर्मचारी र विज्ञहरुसँग विभागको भावी कार्ययोजना र सुधारका बारेमा परामर्श गरिरहेका छन् ।

Loading spinner