खतिवडाकाे राजीनामा स्वीकृत

khabarwave
१९ भाद्र २०७७

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका अर्थ, सूचना तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले मन्त्री पदबाट राजिनामा दिएका हुन्। उनकाे राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छिन् भने खतिवडाले सम्हाल्दै आएका सूचना तथा प्रविधि र अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई नै दिइएको छ । उनले शुक्रबार प्रधानमन्त्री समक्ष राजिनामा दिएका हुन्। उनको कार्यकाल भोली भदौ २० गते सकिँदै छ।

राष्ट्रिय सभाको सदस्यमा सिफारिस नगरिएपछि उनले आजै मन्त्रीपदबाट राजीनामा दिएका हुन्। खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका छन्। मन्त्रिपरिषदको बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ।

Loading spinner