क्याटरिङ तथा पार्टी प्यालेस सञ्चालन गर्न दिन माग

khabarwave
१८ आश्विन २०७७

काठमाण्डाै ।  क्याटरिङ तथा पार्टी प्यालेस सञ्चालनमा रोक लगाउनु खेदपूर्ण भएको भन्दै तत्काल सञ्चालन अनुमति दिन माग गरिएकाे छ । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले आफूहरुको व्यवसाय सञ्चालन गर्न रोक लगाइएको भन्दा आपत्ति जनाएको हो ।
महासंघले भनेको छ,-नेपाल सरकारले क्याटरिङ तथा पार्टी प्यालेस जस्तै समान प्रकृतिका व्यवसाय होटल, रेष्टुरेन्ट ,सपिङ्ग मल र पूर्णरुपमा हवाइ उडानका साथै यातयात लगायत सञ्चालनको अनुमति दिँदा पनि हाम्रा क्याटरिङ तथा पार्टी प्यालेस सञ्चालनमा रोक लगाउनु अत्यन्तै खेदपूर्ण छ ।
व्यवसायीका विषयमा सरकार र सरोकारवाला निकायले गम्भिरता नदेखाउँदा सिंगो अर्थतन्त्र र बेरोजगारीको समस्या मुलुकले झेलिरहेको र व्यवसायी पलायन भएर बैंक तथा वित्तीय संस्थाहरु समेत डुब्ने स्थिति पुगेको महासंघको भनाइ छ ।
महासंघले आफूहरु आम जनताको स्वास्थ्यप्रति गम्भीर रहेको उल्लेख गर्दै अब व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क र ग्लभ्स प्रयोग गर्ने प्रतिवद्धता जनाएको छ । त्यस्तै, पार्टी प्यालेसहरुका हलको क्षमताको आधारमा ३५ प्रतिशत मात्र प्रवेशमा गराई व्यवसाय सञ्चालन गर्न तयार रहेको महासंघले स्पष्ट पारेको छ ।
महासंघले व्यवसाय सञ्चालनका लागि कार्यक्रम स्थलमा प्रवेश गर्ने पाहुनाको नाम, ठेगाना र सम्पर्क लिपीवद्ध गरी राख्न तयार रहेको, पार्टी प्यालेसभित्र रहेका शौचालयलगायतका स्थानहरुमा कार्यक्रम अवधिभर पटक–पटक सेनिटाइज गर्न तयार रहेको जनाएको छ

Loading spinner