मानेभञ्ज्याङ गाउँपालिकाकाे नयाँ कदम

khabarwave
१६ भाद्र २०७७

काठमाण्डाै । अोखलढुङाकाे मानेभञ्ज्याङ गाउँ पालिका र राष्ट्रिय बाणिज्य बैंक मानेभञ्ज्याङ शाखा बीच बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा वितरण गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएकाे छ। पालिकाका प्रमुखकाे उपस्थितिमा मंगलबार भएकाे उक्त सम्झाैता कार्यक्रममा मानेभञ्ज्याङ गाउँ पालिकाका
प्रमुखतर्फबाट प्रमुख प्रशासकिय अधिकृत तुल्सी भट्टराई र राष्ट्रिय बाणिज्य बैंक मानेभञ्ज्याङ शाखाका प्रमुखकाे उपस्थिति रहेकाे थियाे । याे सम्झाैता पछि मानेभञ्ज्याङ गाउँ पालिकाका नागरिकलाई बितरण हुने सामाजिक सुरक्षा भत्ता बैंकमार्फत उपलब्ध गराईने हुदाँ रकम दुरुपयाेगकाे संभावना न्यून हुने अपेक्षा गरिएकाे छ ।

Loading spinner