कोरोना लाग्दा पनि मनोजमा यस्तो आत्मविश्वास

khabarwave
११ कार्तिक २०७७

काठमाडौं । कोरोनाको सबैभन्दा ठूलो औषधि नै आत्मविश्वास हो । चर्चित स्ट्यान्डअप कमेडियन मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण भएको छ। तर उनको आत्मविश्वास हेर्दा उनले त्यो नाथे कोरोनालाई दुई चार दिनमै पछार्ने छन् ।

सोमबार फेसबुकमार्फत उनले आफू संक्रमणमा परेको जानकारी दिएका हुन्। उनलाई लक्षणसहितको कोरोना देखिएको हो। उनले आफ्नो फेसबुक स्टाटसमा गत हप्ता आफ्ना दाजुलाई अस्पताल लाने ल्याउने गरेको र सोही क्रममा संक्रमित भएको हुनसक्ने बताएका छन्।

गतहप्ता दाजुलाई अस्पताल लाने ल्याउने गरेको थिएँ। गत बिहिबार सामान्य टाउको दुख्यो। शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो। शनिबार ढाडको दुखाई महसुस गरेँ। त्यसपछि हिजो पिसिआर टेस्ट भयो। भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो, सोमबार उनले स्टाटस लेखेका छन्।

त्यसैगरी उनले आफूसँगै दाजुलाई पनि कोरोना पोजेटिभ देखिएको र आफ्ना बाबुनानीहरूलाई संक्रमणको कुनै लक्षण नभएको जानकारी दिएका छन्। मनोज बिहीबारदेखि ने होम आइसोलेशनमा रहेका छन्। उनले स्टाटसमा कोरोनालाई छिट्टै जित्ने विश्वास व्यक्त गरेका छन्।

संक्रमण भएपछि गजुरेलले फेसबुकमा लेखेका छन्
नमस्कार, भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ पोजेटिभ देखिएको छ। गतहप्ता दाजुलाई अस्पताल लानेरल्याउने गरेको थिएँ। गत बिहिबार सामान्य टाउको दुख्यो। शुक्रबार ९८ डिग्री को ज्वरो देखियो। शनिबार ढाडको दुखाई महसुस गरेँ। त्यसपछि हिजो पिसिआर टेस्ट भयो। भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो।

बिहिबारदेखि नै आईसोलेसनमा छु। बाबू नानीहरूलाई कुनै सिम्टम्स छैन। दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आईसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ। मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु।

संक्रमणबाट बँच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ। आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा पोजिटिभ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ। म पनि जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा. रविन्द्र समिरको सुझाव, सल्लाह र कोभिड उपचार गाईडलाईनमा छु।

मलाई विश्वास छ, मेरो शरीरमा प्रबेश गरेको यो भाइरस मेरो शारिरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाइरसलाई आफ्नो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु। तपाईंहरूको शुभकामनाले त मेरो शरीरको जीत र भाइरसको हार झन् चाँडो हुनेछ। धन्यवाद।

Loading spinner