कोरोना भाइरसको संक्रमण फैलिएपछि रात्रिकालीन कर्फ्यु

khabarwave
२३ चैत्र २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतको महाराष्ट्र राज्य सरकारले रात्रिकालीन कर्फ्यु लगाएको छ ।आइतबार भारतमा सार्वजनिक गरिएको २४ घण्टाको कोरोना परीक्षणमा  ९३ हजार बढीमा संक्रमण पुष्टि भएको थियो । सो संख्याको आधाभन्दा बढी संक्रमित महाराष्ट्र राज्यका थिए ।यसबीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेषज्ञ टोलीलाई महाराष्ट्र जान र संक्रमण तीव्र रुपमा फैलिनुको कारण पत्ता लगाउन भनेका छन् ।

नयाँ संक्रमित उल्लेख्य संख्यामा थपिँदै गएपछि महाराष्ट्र सरकारले अत्यावश्यक सेवालाई मात्र जारी राख्ने निर्णय गरेको छ ।कर्फ्यु राति आठ बजेदेखि बिहान सात बजेसम्म लागु हुने छ भने सप्ताहान्तमा पूर्णरुपमा लकडाउन हुने छ ।

Loading spinner