कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेकाे छ- परराष्ट्रमन्त्री

khabarwave
३ माघ २०७७

काठमाडौं ।नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर शनिबार स्वदेश फर्किएका  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् ।कोभिडका कारण बन्द रहेका हवाई तथा स्थल मार्गहरु क्रमशः खोल्दै जाने, हुलाकी सडकको निर्माण भएका खण्डहरु हस्तान्तरण प्रक्रिया अगाडि बढाउने र बाँकी काम छिटो सक्ने समेत सहमति भएकाे उनले बताएका छन ।

आफ्नो भारत भ्रमणले दुई देशको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुद पार्न योगदान गर्ने उनले बताए ।बैठकमा रक्सौल-काठमाडौं रेलमार्ग निर्माण कार्यको फिल्ड लोकेशन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकाले शिघ्र काम शुरु गर्ने सहमति गरेको छ । महाकालीमा निर्माणाधिन ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको उनले जानकारी दिएका छन  ।

 

Loading spinner