केन्द्रीय मन्त्री पासवानको निधन

khabarwave
२३ आश्विन २०७७

काठमाडौँ। भारतका केन्द्रीय खाद्यमन्त्री मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ।

भारतीय सञ्चारमाध्यमले उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री पासवानको निधन बिहीबार साँझ मृत्यु भएको बताएका छन् । ९ पटक लोकसभा तथा २ पटक राज्यसभामा सांसद भएका पासवाल दलित आन्दोलनका अगुवाका रूपमा समेत चिनिन्थे ।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।

Loading spinner