केन्द्रकाे राेग प्रदेशतिर, मन्त्री बर्खास्तपछि मुख्यमन्त्री संकटमा

khabarwave
१४ पुष २०७७

काठमाण्डाै । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाइ मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका छन । ७ बटा प्रदेश सरकारमध्ये सुदूरपश्चिम र २ नम्बर प्रदेश सरकार सुरक्षित भएको अनुमान गरिएकाे थियाे तर मंगलबार मुख्यमन्त्री  भट्टले मन्त्री बोहरालाइ हटाएपछि उनीबिरूद्वपनि गुटबन्दी शुरू भएकाे छ ।

बोहरा प्रदेश सरकारमा ओली पक्षका एकमात्र मन्त्री थिए । मुख्यमन्त्रीले आफू निकट नभएको भन्दै हटाएको उनको आरोप छ ।बोहराले आफ्नो बर्खास्तगीलाई सामान्य रूपमा नलिने बताए । अहिले सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य रहेका छन् । यसमा १२ जना कांग्रेसका सांसद र २ जना जनता समाजवादी पार्टीका छन् । ३९ जना नेकपाका सांसदमध्ये सभामुख र उपसभामुख बाहेक ३० जना प्रचण्ड-माधव र ७ जना ओली पक्षमा छन् ।

 

Loading spinner