कुर्सीको चिन्ता छाडेर नतिजा देखाउन मन्त्रीलाई निर्देशन

khabarwave
१९ भाद्र २०७७

काठमाडौँ । यी मन्त्री फेरिने, यी नयाँ अनुहारको आगाम हुने भन्ने चर्चा चल्न थालेको महिना दिन बढी भयो । यस्तो अवस्थामा मन्त्रीले कसरी काम गर्नु ? कतिखेर गाडी र सेक्युरिटी गार्ड फिर्ता जाने हुन् भन्ने अवस्थामा मन्त्रीले काम गर्न पनि सक्दैनन् ।

यही बेला प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने भन्दै मन्त्रीहरुलाई ढुक्क भएर नतिजा देखिने गरी काम गर्न आग्रह गरेका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताउँदै त्यस्तो हल्लाको पछि नलाग्न भने ।

प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरे पनि सिङ्गो मन्त्रिपरिषद् पुनर्गठन नहुने सङ्केत गरेको स्रोतले बताएको छ । सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाएको थियो ।

Loading spinner