
किन निकाले साहरुखले ऐश्वर्यालाई पाँचवटा फिल्मबाट
विश्व सुन्दरी तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ४७ वर्षकी भएकी छन् । १ नोभेम्बर १९७३ मा मैंगलूरमा जन्मिएकी उनी १९९७ देखि फिल्म अभिनयमा सक्रिय छिन् । कयैन् यादगार फिल्ममा जीवन्त अभिनय गरेकी उनले अभिनेता शाहरुख खानसँग ‘जोश’, ‘देवदास’, ‘मोहब्बतें’ जस्ता फिल्ममा काम गरेकी थिइन् । तर, एक समय शाहरुखले ऐश्वर्यालाई करीब पाँचवटा फिल्मबाट निकालेका थिए । यो कुराको खुलासा ऐश्वर्याले सिमी गरेवालको शोमा गरेकी हुन् ।
कुराकानीको क्रममा उनलाई सोधिएको थियो कि के कारणले शाहरुख खानले पाँचवटा फिल्मबाट निकालेका थिए रु जवाफमा उनले भनिन्, ‘म यसको जवाफ कसरी दिन सक्छु रु सत्य हो, त्यो समयमा केही फिल्ममा कुरा भइरहेको थियो, जसमा हामी सँगै काम गर्दै थियौं । फेरि अचानक हुन सकेन, विना स्पष्टिकरण ।’
ती फिल्मबाट आफू निकालिनुको कारण आजसम्म थाहा नभएको उनको भनाई छ । यस विषयमा ऐश्वर्याले भनेकी थिइन्, ‘मसँग यसको जवाफ छैन । तर, ती फिल्ममा काम नगर्ने फैसला मेरो थिएन ।’ अभिनेता शाहरुख खानले सन् २००३ मा एक अन्तर्वार्तामा केही फिल्मबाट ऐश्वर्यालाई हटाएको स्वीकार गर्दै भनेका थिए, ‘मैले त्यसबेला गलत गरेको थिएँ । ऐश्वर्यासँग माफी माग्न चाहन्छु ।’