कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित

khabarwave
३ कार्तिक २०७७

काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ ।

आयोगले  एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

 

Loading spinner