काठमाडौं उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा लम्ब्याइयाे, घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय

khabarwave
२१ बैशाख २०७८

काठमाडौं ।    काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । उपत्यकाको निषेधाज्ञा एक साता थप भएसँगै   यो अवधिमा निषेधाज्ञा थप कडा बनाइने बताइएकाे छ  ।

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन ।  यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको उनले बताए । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

 

 

Loading spinner