काङ्ग्रेस खेलकुद विभागद्वारा एकैदिन नेपालगन्ज, पोखरा र विराटनगरमा रक्तदान

khabarwave
१४ मंसिर २०७७

काठमाण्डाै । नेपाली काङ्ग्रेस खेलकुद विभागद्वारा  नेपालगन्ज, पोखरा र विराटनगरमा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपालगन्जमा बाँके जिल्लाका पार्टी सभापती किरण कोईराला , क्षेत्रीय सभापति, पार्टिका नेता कार्यकर्ता गण लगायत भातृ शुभेच्छुक संस्थामा पदाधिकारीहरूकाे उल्लेखनीय उपस्थिति सहित भव्यतापुर्वक रक्तदान कार्यक्रम सम्पन्न भएकाे थियाे । रक्तदान कार्यक्रम संग संगै नेपाली काङ्ग्रेस बाँके पार्टी कार्यलयमा पार्टीका नेता कार्यकर्ता गण लगायत तरुण तथा पार्टीका अन्य भातृ शुभेच्छुक संस्थाका पदाधिकारीहरु संग भेटघाट भयो । साथसाथै, १५६ पटक रक्तदान गर्ने नेपालगन्ज का गोपीनाथ वैद्यलाई सम्मान गरियाे ।
नेपाली काङ्ग्रेस खेलकुद विभागको आयोजना तथा लोकतान्त्रिक खेलकुद संघकी सदस्य शान्ति सिंहको संयोजकत्वमा नेपालगन्जमा भएको रक्तदान कार्यक्रममा ६३ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको छ ।

खेलकुद विभागको आयोजनामा विभागका सदस्य सोभियत प्रसाईको संयोजकत्वमा विराटनगरमा भएको रक्तदानमा ११० जना रक्तदाताहरुले रक्तदान गर्नुभएको छ । त्यस्तैगरी, लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचनको संम्योजनमा पोखरामा ९८ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको छ ।

नेपाली काङ्ग्रेस खेलकुद विभागका प्रमुख माेहनबहादुर बस्नेतले  सम्पुर्ण रक्तदाता लगायत कार्यक्रम सु-सम्पन्न गर्नका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण नेता कार्यकर्ता गणमा हार्दिक कृतज्ञता व्यक्त गर्नुभएकाे छ ।उक्त रक्तदान कार्यक्रम देशका विभिन्न जिल्लाहरुमा मङ्सिर १५ गते सम्म स्वास्थ्य मापदण्ड अपनाई चल्ने भएकोले सबैलाई रक्तदानको लागि हार्दिक अपिलसमेत गरिएकाे छ ।

Loading spinner