कांग्रेस वरिष्ठ नेताकाे प्रश्न- संसद पुर्नस्थापना नहुने र चुनाव पनि नहुने अवस्था आयो भने के हुन्छ ?

khabarwave
१६ पुष २०७७

काठमाण्डाै ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले निर्वाचनमा गए कांग्रेसलाई फाइदा हुन्छ भनेर नसोच्न आग्रह गरेका छन् ।उनले प्रतिनिधिसभा पुनर्स्थापना अहिलेको आवश्यकता भएकाले अलमलमा नपर्न आग्रह मात्र गरेनन्, फेरि सरकारमा जान पाइन्थ्यो भनेर सपना नदेख्न सचेत गराए । पौडेलले भने, ‘संसद पुनर्स्थापनाले नेपाललाई विग्रहबाट बचाउँछ, शक्ति केन्द्रको अखडाबाट बचाउँछ ।’संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे प्रमुख विपक्षी नेपाली कांग्रेस विभाजित छ ।

पार्टी सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतको फैसला पर्खिने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल आन्दोलन चर्काउनुपर्ने पक्षमा छन् ।मेलमिलाप दिवसको अवसरमा बिहीबार पोखरामा आयोजित कार्यक्रममा नेता पौडेलले प्रश्न गरे ‘संसद पुनर्स्थापना पनि नहुने, चुनाव पनि नहुने अवस्था आयो भने के हुन्छ ? उनले पार्टीमा कम्युनिस्टसँग कांग्रेस मिल्नु हुँदैन भन्ने आवाज उठिरहेको भन्दै त्यसको पनि विरोध गरे । कम्युनिस्टसँग मिल्दा कांग्रेसलाई घाटा नभएको भन्दै उनले प्रश्न गरे, ‘कम्युनिस्टसँग मिल्दा कांग्रेसलाई कहाँ बिग्रियो , २०४६ सालमा गणेशमान सिंहले तिमीहरु वाम मोर्चा बनाएर आऊ र मिलेर पञ्चायत फाल्दिऊँ नभनेको भए, संयुक्त संघर्ष नभएको भए पञ्चायत जान्थ्यो र ’ ।

 

Loading spinner