कांग्रेस र जसपा एकै ठाँउमा,सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय

khabarwave
५ पुष २०७७

काठमाडौं । विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)  एकै ठाँउमा उभिएका छन । उनीहरूले  संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।

बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले संसद अधिवेशन बोलाउन माग गर्दै प्रतिपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा  दुई दलका शीर्ष नेताहरुबीच भएको छलफलले संसदको अधिवेशन बोलाउन माग गरेका हुन् । साथै संसदमा समन्वय गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउन समेत दुबै दलका शीर्ष नेताहरु सहमत भएका छन् । कतिपय मुद्दामा मत फरक फरक भएपनि तर समन्वयत्मक ढंगले काम गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा दुइ दल   सहमत भएका छन ।

छलफलमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल थिए भने जसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो  थिए ।

 

Loading spinner