कांग्रेस नेताकाे राष्ट्रपतिलाइ सुझाब-राजिनामा दिएर ओलीको पार्टीबाट चुनाव लड्नुहाेस्

khabarwave
१६ पुष २०७७

काठमाण्डाै  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रतिनिधि सभा विघटन गरेर राष्ट्रपतिले गैर संवैधानिक र विवेकहीन काम गरेको बताएका छन ।  यस्तो कामले अब यो मुलुकमा राष्ट्रपतिबाट केही हुन्छ भन्ने सोच नेपाली जनताबाट हराइसकेकाे बताउदै बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजिनामा दिएर केपी ओलीको पार्टीबाट चुनाव लड्न सुझाव दिएका छन् ।

बिहीबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै उनले स्वतन्त्र भूमिकामा रहनुपर्ने राष्ट्रपतिले पार्टीको एउटा गुटको नेता जस्तो भएर काम गरेको आरोप लगाएका हुन । नेता बस्नेतले अहिलेको राजनीतिक घटनाक्रममा उत्तर–दक्षिणका मुलुकहरुको केही चलखेल हुन सक्ने आशंका व्यक्त गरेका थिए ।

 

Loading spinner