कांग्रेसले भन्याे-अध्यादेश फिर्ता लेउ, संसद बैठक बोलाउ

khabarwave
१ पुष २०७७

काठमाण्डाै ।  नेपाली कांग्रेसले संसद बैठक तत्काल बोलाउन माग गरेको छ। आज  सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो।

बैठकले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन पनि सरकारसँग माग गर्ने निर्णय गरेको उनले जानकारी दिए।देउवा निवासमा करिब तीन घण्टा कांग्रेस शीर्ष नेता छलफलमा जुटेका थिए।मंसिर २९ गते देशैभर सरकारविरूद्ध प्रदर्शनमा जुटेकालाई कांग्रेसले धन्यवाद समेत दिएको छ।

Loading spinner