कांग्रेसका १० केन्द्रिय नेता भालुवाङकाे पक्षमा, डा. दहित भन्छन-न्याय संगत प्रस्ताव जसरी पनि पास हुनुपर्छ

khabarwave
२० आश्विन २०७७

काठमाण्डाै ।  दाङको भालुवाङलाई प्रदेशको ५ काे स्थायी राजधानी बनाउने प्रस्ताब गरेपछि पक्षविपक्षमा जनमत बाँडिएकाे छ ।   दाङको भालुवाङ स्थायी राजधानी    कायम हुनुपर्छ भन्ने  मागमा  विपक्षी दलका प्रदेशसभाका  सदस्यहरुले ऐक्यवद्धता जनाउने क्रम   बढ्दै गएको छ भने  त्यस क्षेत्रका नेपाली कांग्रेसका   केन्द्रीय नेताले पनि उक्त        प्रस्तावको समर्थन गरेका छन । उनीहरुले राजनीतिक स्वार्थभन्दा माथि उठेर सरकारले ल्याएकाे प्रस्ताव  पास हुनुपर्ने धारणा  रहेकाे  छ।  थारु आन्दोलनका अगुवा एवं पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोपाल दहितले भालुवाङ प्रदेशकाे राजधानी हुनुपर्ने र साे भएमा   न्यायोचित हुने बताउनु भयाे । उहाँले ब्यापक अध्ययन र विज्ञको सुझावका आधारमा  पेश गरिएको उक्त प्रस्ताव पास भएपछि  समग्र प्ररदेशका जनताको न्याय हुने तर्क गर्नुभयाे ।

डा. गोपाल दहितलगायत दशजना कांग्रेसका केन्द्रीय नेताले उक्त प्रस्तावको समर्थन गर्दै प्रस्ताव पास हुनुपर्ने भन्दै वक्तव्य जारी गरेका छन् ।यसरी वक्तव्य जारी गर्नेहरुमा पूर्वमन्त्री एवं केन्द्रीय सदस्य दीपक गिरी,  अन्य केन्द्रीय नेताहरू किशाेर सिंह राठोर,  पार्वता डिसी चौधरी ,मंगल प्रसाद थारु ,योगेन्द्र चौधरी, शिला खडका,कृष्णकिशाेर घिमिरे ,सन्जय गौतम, र अमर पुन हुनुहुन्छ। No description available.

Loading spinner