
काँग्रेस महाधिवेशनकाे मिति तय, केन्द्रीय समितिदेखि सबै तहका कार्यसमितिको कार्यकाल ६ महिना थपियाे
काठमाडौं । अन्तत नेपाली काँग्रेसको १४ औं महाधिवेशन २०७८ भदौ दोस्रो सातामा हुने भएको छ । बैठकले पार्टीका सबै तहका वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप भएको निर्णय गरेको छ । काँग्रेसको १३ औं महाधिवेशन भएको १९ फागुनमा पाँच वर्ष पुग्दैछ । काँग्रेसको विधान अनुसार अघिल्लो १९ फागुनसम्ममा काँग्रेसको १४ औं महाधिवेशन भइसक्नु पर्ने थियो । बिहीबार बसेको केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशन ७–१० भदौमा काठमाडौंमा गर्ने निर्णय गरेको हाे ।
बैठकले प्रस्तुत कार्यतालिकामा वडा, पालिका, क्षेत्री र जिल्ला अधिवेशन तथा क्रियाशील सदस्यता वितरण र नविकरणको तालिका परिमार्जन गरि पारित गरिएको छ । जसअनुसार गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।यस्तै गाउँरनगर वडा अधिवेशन असार ५ गते, गाउँरनगरपालिका अधिवेशन असार ७ गते र प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन १ गतेका लागि तय गरिएको छ ।