काँग्रेसको पदाधिकारी बैठक बस्दै,महाधिवेशनकाबारेमा ठाेस निर्णय हुने

khabarwave
१८ कार्तिक २०७७

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसाे १ वजे बस्दैछ । हिजाे बसेकाे बैठकमा पार्टीको आन्तरिक विवाद, महाधिवेशनको तयारी र महामारी नियन्त्रणका लागि सरकारका काम कारवाही प्रभा वकारी हुन नसकेको विषयमा बैठकमा छलफल भएको भएपनि निचाेड ननिस्केकाले पुन बैठक बस्न लागेकाे हाे ।

हिजाेकाे बैठकमा  उनले पार्टीभित्र देखिएको मत भिन्नता र महाधिवेशन हुने/नहुने विषयमा देखिएको अन्यौलताका विषयमा पनि छलफल भएको थियाे । यस्तै कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको र आज बस्ने बैठकले जनताको सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गर्न कसरी प्रस्तुत हुने भन्ने विषयमा  स्पष्ट पार्ने र केन्द्रीय समिति बैठकमा निर्णय गरेर अगाडि बढ्ने भन्ने बारेमा निर्णय लिइने छ।

 

 

Loading spinner