काँग्रेसका शीर्ष नेताको बैठक स्थगित,बिवाद कायमै

khabarwave
१८ कार्तिक २०७७

काठमाडौं । नेपाली काँग्रेसका मंगलबार दिउसो १ बजेलाई निर्धारित शीर्ष तहका नेताको बैठक स्थगित  बैठक स्थगित भएको छ। पार्टीका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेको सूर्यबहादुर केसीको निधन भएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको बताइएकाे छ ।

केसीको निधनमा पार्टी केन्द्रीय कार्यालय एक दिन बन्द रहने र तीन दिन पार्टी झण्डा झुकाउने कार्यक्रम रहेकाे छ।पार्टीमा उत्पन्न विवादको समधानका लागि सोमबार काँग्रेस शीर्ष नेताहरुबीच छलफल भएको थियो ।पार्टी केन्द्रीय विभागको गठन, तिनमा भएका मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समिति र क्रियाशील सदस्यताको वितरणसँग सम्बन्धित निर्णयहरू विधानविपरीत रहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज ११ गते ज्ञापनपत्र दर्ता गरेको थियो ।

काँग्रेसमा पछिल्लो समय पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूसमेत गरी २७ जनाले हस्ताक्षर गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको ज्ञापनपत्रमाथि छलफल भइरहेको छ । यसअघि सोमबार सुरु भएको अनौपचारिक बैठकमा उपसभापति विमलेन्द्र निधिले पौडेल पक्षले दर्ता गराएको ज्ञापनपत्रको बुँदागत व्याख्या गरेका थिए ।

 

 

Loading spinner