कर्णाली प्रदेश सरकारकाे घाेषणा- काेराेनाका बिरामीको निःशुल्क परीक्षण तथा उपचार

khabarwave
८ कार्तिक २०७७

काठमाण्डाै । कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण र उपचार गर्नमा संघिय सरकारले हात झिकिरहेकाे बेला प्रदेश सरकारले अग्रसरता देखाएका छन । लुम्बिनी, गण्डकी र प्रदेश २ सरकारले निःशुल्क परीक्षण र उपचार गर्ने घाेषणा गरिसकेका छन भने       कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । कर्णाली प्रदेश सरकारकाे  शनिबार बसेको बैठकले लक्षणसहितका सबै बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको हो ।

मन्त्रिपरिषद् बैठकले आइतबार राति १२ बजेदेखि प्रदेशसभाको छैटौँ अर्थात् वर्षे (बजेट)अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

 

 

Loading spinner