कर्णाली प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन हुँदै , मन्त्री रावलले गरे पद त्यागकाे घाेषणा

khabarwave
१६ कार्तिक २०७७

काठमाडौं । कर्णाली प्रदेश सरकार को  विवाद जारी रहेको बेला  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका छन् ।  मन्त्रिमण्डलमा माधव नेपाल समूहलाई समेट्न लागिएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) माधव नेपालबीच प्रदेशको विवाद समाधान गर्नका लागि एक ठाउँमा उभिएपछि शाहीले साे गठबन्धनकाे सहमतिबमोजिम केपी ओली पक्षका  मन्त्रिलाइ हटाएर नेपाल समूहका नेतालाइ भित्रयाउन लागेका हुन ।

मुख्यमन्त्री शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्दैछन् । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी छ ।

ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने छ भने नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा छन् ।बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।

कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने खुलेको छैन ।

मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले अघोषित रुपमा पद त्यागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’

 

Loading spinner