कर्णालीमा मुख्यमन्त्री शाहीको पद यसरी जाेगियाे

khabarwave
३ बैशाख २०७८

काठमाण्डाै ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।नेकपा एमालेका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि शाहीको पद जोगिएको हाे । मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ भने प्रस्तावको विपक्षमा १५ मत मात्र परेको छ । मतदानमा प्रदेशसभाका ३९ सांसदमध्ये ३७ प्रदेशसभा सदस्यले भाग लिएका थिए ।

प्रदेशसभामा  नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो ।नेकपा एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका हुन् । शुक्रबार कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने नेकपा एमालेका सांसदले पार्टीका केन्द्रीय नेताको निर्देशनमा फ्लोर क्रस गरेको बताएका छन् ।

 

्र

Loading spinner