ओली भन्छन – नेकपा संसदीय दलको नेता यता रहेको तर उता दलको बैठक राखेर तमासा देखाए

khabarwave
२१ फाल्गुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले  विप्लवले चालेको शान्तिपूर्ण राजनीतिमा आउने कदम साहसिक भएको बताउदै विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ भएको पनि बताएका छन । सहमतिपत्रमा हस्ताक्षरका लागि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले भने-झण्डै १० वर्षदेखि नै विश्वासको वातावरण रहेको र त्यसैको जगमा अहिलेको सहमति भएको बताए ।

गत वर्ष सरकारले पृथकतावादी आन्दोलनमा हिँडेका सिके राउतलाई राष्ट्रिय राजनीतिको मुल धारमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यही राष्ट्रिय राजनीतिको मूल धारमा आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि आएको प्रस्ट पारे । उनले आफूहरु एउटै उद्देश्यमा रहेको पनि बताए । ‘समृद्ध नेपाल सुखी नेपाली,’ उनले भने, ‘हाम्रो साझा उद्देश्य हो ।’ओलीले  भने, ‘यस खुला परिवेशमा र शान्तिपूर्ण राजनीतिमा , राष्ट्रिय राजनीतिको मूलधारमा उहाँलाई स्वागत गर्न चाहन्छु । मलाई विश्वास छ यस राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ । उहाँ यसमा पौडी खेलेर सफलताका साथ अगाडि बढ्नुहुनेछ भन्ने विश्वास लिएको छु, यसमा उहाँलाई सफलताको हार्दिक शुभकामना भन्न चाहन्छु ।’

प्रचण्ड–माधवप्रति लक्षित गर्दै ओलीले भने–प्रचण्ड–माधव पक्षले देशलाई वर्वाद पार्न खोजेपनि उनीहरुको योजना सफल हुन नदिने बताएका छन् । ओलीले आफु नेकपा संसदीय दलको नेता यता रहेको तर उता दलको बैठक राखेर तमासा देखाएको बताएका हुन् । ‘संसदीय दलको बैठक गर्दैछन् भन्ने सुनको छु । कुन दलको हो थाहा छैन । दलको नेता म यहाँ छु ।

Loading spinner